काठमाडौं, १४ असार । अमेरिका इरानबीचको तनावले अन्य देशहरुलाई समस्या पारिरहेको छ। परमाणु सम्झौताबाट इरान पछि हटेपछि अमेरिकाको निशानामा पर्दै आईरहेको छ।
अमेरिकाले इरानलाई परमाणु हतियार सम्पन्न देशको रुपमा हेर्न नचाहेपछि अमेरिकाले इरानमाथि विभिन्न प्रतिबन्ध लगाईरहेको छ। अमेरिकाले इरानसँग सम्बन्ध राम्रो बनाउँने देशहरुलाई समेत कडा चेतावनी दिएको छ।इरानका अमेरिकी विषेश राजदूत ब्रायन हुकले इरानसँग तेल खरिद गर्ने देशरुलाई कडा चेतावनी दिँदै उनीहरुलाई पनि प्रतिबन्ध लगाउने धम्की दिएका हुन्।
उनले इरानसँग तेल खरिद गर्ने देशहरुलाई पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन्। अमेरिकाले इरानसँग कुनै पनि सम्बन्ध राख्नेलाई छुट नदिने चेतावनी दिएको हो। ट्रम्प प्रशासन सोमबार इरानमथि थप नयाँ प्रतिबन्ध लगाउँदै यसको उल्लघंन गर्नेमाथि जरिवाना तिराउँने बताएको थियो। यसबारेमा हुकले भने इरानबाट तेल आयात गर्ने हरेक देशहरुमाथि हामी प्रतिबन्ध लगाउँने छौँ।
एसियामा कुनै देशले पनि इरानसँग तेल खरिद गरे हामी तिनीहरुलाई छुट दिने छैनौँ । यता अमेरिका र चीनबीच पनि विगत केही समयसम्म व्यापार युद्ध चलिरहेको छ। अमेरिकाले यस्तो चेतावनी दिँईरहँदा चीनले भने इरानबाट सबैभन्दा बढि तेल आयात गर्दै आईरहेको छ। यता अमेरिकाले इरानसँग तेल खरिद गर्ने देशहरुमा पनि प्रतिबन्ध लगाउँने घोषणा गरेपछि चीन लगायत अन्य देशहरुले पनि यसको बिरोध गरेको थियो। अमेरिकी चेतावनीकाबीच इरानबाट तेल निर्यात ह्वात्तै घटेको छ। चीन ,भारत लगायतका देशहरुले इरानबाट तेल खरिदको मात्रा ह्वात्तै घटाएको छ। एजेन्सी



लाेकपाटी न्यूज

