एजेन्सी । कंगोको दक्षिणी क्षेत्रमा सन्चालित तामा तथा कोबाल्ट खानीमा भएको दुर्घटनामा कम्तीमा १९ जना बाल मजदुरको मृत्यु भएको छ।
प्रहरीका अनुसार उक्त खानी स्वीट्जरल्यान्डको खानी उद्योग ग्लेनकोरले सन्चालन गरिरहेको छ। ग्लेनकोरको सहायक कम्पनी कामोतो कपर कम्पनी ९केसीसी०ले ती मजदुरलाई काममा लगाएको थियो।ग्लेनकोरले दुईओटा अग्ला पर्खाल ढलेका कारण अरु मजदुर पनि चेपुवामा परेको हुनसक्ने बताएको छ।
केही सन्चारमाध्यमले मृत्यु हुनेको संख्या अरु बढी रहेको आशंका गरेका छन्।ग्लेनकोरले पछिल्ला दिनहरुमा गैरकानूनी तरिकाबाट बालबालिका खानी मजदुरमा काम गर्न थालेको जनाएको छ।यहाँको खानीमा दैनिक दुई हजारभन्दा बढी व्यक्ति जबर्जस्ती आएर काम गर्ने गरेको कम्पनीले दाबी गरेको छ।



लाेकपाटी न्यूज

