काठमाडौं, १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नासपतीको रुखको विरुवा रोपेर वृक्षारोपण अभियानको शुभारम्भ गरेका छन्।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा रुखको विरुवा रोपेका हुन्। वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नासपतिको रुखको विरुवा रोप्दै कार्यक्रमको शुभारम्भ गरेका हुन्।
वृक्षारोपण कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, वन मन्त्री शक्ति बस्नेत, गृहमन्त्री रामबहादुर थापा, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानून मन्त्री भानुभक्त ढकालल, विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो।
यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले वृक्षारोपणलाई राष्ट्रिय अभियान बनाउन आम कार्यकर्ता, पार्टी सदस्य, समर्थक, शुभचिन्तक र सर्वसाधारणलाई अपिल गर्दै घरमा दुईवटा रुखको विरुवा रोप्न आग्रह गरेको थियो।



लाेकपाटी न्यूज

