कोरियन भाषा परीक्षा : १२ हजार पास, अझै सीप परीक्षण गर्नुपर्ने

eps
फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं, १४ असार । वैदेशिक रोजगार विभाग अन्तरगतको कोरिया शाखाले जेठ २६ र २७ गते लिएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार प्रकाशित गरेको छ।

परीक्षामा १२ हजार नौ परीक्षार्थी उत्तीर्ण भएका छन्। यो वर्षदेखि भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा कोरिया जान नपाउने शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए।

रोजगारी अनुमति प्रणाली (इपिएस) अन्तरगत रोजगारीका लागि कोरिया पुगेका युवाले डिप्रेसनमा पर्नुका साथै आत्महत्या गर्ने क्रम बढेपछि कोरिया सरकारले पहिलोपटक सीप परीक्षणको व्यवस्था गरेको शाखाले जनाएको छ।

यो वर्ष कोरियन भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३ सय ७६ युवाले फारम भरेकोमा ८४ हजार ३ सय आठ जनाले परीक्षा दिएका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्