यी हुन् रमाइलोका लागि अर्काको ज्यानसँग खेलवाड गर्ने आक्रमणकारी

aprathi
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । भक्तपुरका विभिन्न स्थानमा शृंखलाबद्ध रुपमा महिलामाथि भएका आक्रमणमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महिलामाथि भएका शृंखलाबद्ध आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। कार्कीलाई बिहीबार राति १० बजे महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

रामेछाप घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउँदै आएका कार्कीलाई प्रहरीले विभिन्न युवतीहरुलाई जथाभावी तीखो वस्तुले घोच्दै हिँडेको आरोपमा पक्राउ गरेको हो। पक्राउ परेका कार्कीले बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

उनले ‘सिरिन्ज’ले आक्रमण नगरी किलाले आक्रमण गरेको बयान प्रहरीसमक्ष दिएका छन्। कुनै रोग सार्न नभइ आफ्नो रमाइलोका लागि सिरिन्जले नभइ सुरुमा काठको सुइरो र पछि ढलान किलाले घोच्ने गरेको बयान दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमूख उत्तम सुवेदीले बताए।

कार्कीले अहिलेसम्म यसैगरी ४ जना युवतीलाई आक्रमण गरेको स्वीकार गरेका छन्। तर, ती कुनै पनि पीडितले कार्कीलाई नचिनेको बताएका छन्। शुक्रबार प्रहरी प्रभाग पुगेका पीडित र तिनका आफन्तहरुले आक्रमणकारीलाई नचिनेको र उनीसँग आफूहरुको कुनै दुश्मनी नरहेको बताएका थिए।

पकाउ परेका कार्कीले ‘रमाइलोका लागि’ भनेर वयान दिए पनि यस्तो जवाफलाई पीडितहरुले विश्वास गर्न सकेका छैनन्। प्रहरीले उनको बयानमा पूरा विश्वास नगरीसकेकाले थप अनुसन्धान गरिरहेको जनाएको छ। कतिपयले सिरिन्ज आक्रमण भएको बताएपनि पक्राउ परेका अभियुक्तले भने काठ र ढलानको किलाले घोच्ने गरेको बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्