काठमाडौं, १३ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालतमा पारित हुन नदिने अडान दोर्होयाएका छन्।
प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु पारित हुन नदिने अडान दोर्होयाएका हुन्।शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढालिदिने चेतावनी दिएका छन्।
सभापति देउवाले भने,लोकतन्त्रका लागि राणा ढालेको काँग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन।



लाेकपाटी न्यूज

