काठमाडौं, १३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ।
प्रचण्ड र देउवाबीच बिहीबार दिउँसो ललितपुरको होटल समिटमा भेटघाट भएको देउवा निकट स्रोतले जनाएको छ। स्रोतका अनुसार भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग, र बेपत्ता छानविन आयोग सम्बन्धि विषयमा छलफल भएको थियो।
शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो टुंगोमा पुर्याउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने समझदारी दुई नेताबीच भएको स्रोतको दाबी छ।सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस एकै ठाउँमा उभिएका छन्।



लाेकपाटी न्यूज

