यस्तो छ आज सुनचाँदीको भाउ ?

Gold01
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । सुन शुक्रबार प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यही असार १० गते ६५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन ११ गते तोलामा ५ सय रुपैयाँ घटेर ६५ हजार कायम भएको थियो।

त्यस दिन यता सुनको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तोलामा ५ रुपैयाँ घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्