युवतीलाई यातना दिने ‘धर्तीमाता’ भनिने विष्णु कुँवर पक्राउ

dharti_mata_bishnu pic
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । आफूलाई धर्तीमाता दाबी गर्दै आएकी विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। कुँवरले भद्रकाली मन्दिर परिसरमा एक युवतीलाई कुटपिट गर्दै यातना दिएकी थिइन्।

कुँवरलाई प्रहरी परिसर काठमाडौंले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।  बुटवल बस्ने कुँवरले आफूमा तन्त्रमन्त्रको ज्ञान भएको दाबी गर्दै केही दिन अघि राजधानीको भद्रकाली मन्दिरमा एक युवतीलाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

घटनालाई लिएर सर्वसाधारणले प्रहरी प्रशासनको आलोचना गरेपछि अनुसन्धान सुरु भएको थियो। प्रहरीले हालसम्म पीडितलाई भने भेटेको छैन । पीडितलाई उजुरी दिन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्