सरकारसँग तत्काल वार्ताको कुनै सम्भावना छैन : विप्लव समूह

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ।

पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने।

हामीलाई यो कदापि स्वीकार्य छैन ।’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीले आ(आफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ। आजको कान्तिपुर दैनिकबाट ।