मनसुन सक्रिय : प्रकोपबाट जोगिन सातवटै प्रदेशमा सरकारका यस्ता छन् पूर्वतयारी

pic
लाेकपाटी न्यूज

काठमाडौं, १३ असार । प्राकृतिक प्रकोपबाट बच्न सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको छ। मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक प्रकोपबाट बच्न पूर्वतयारी उद्धार र राहतका लागि सरकारले सम्पूर्ण आवश्यक गृहकार्य पूरा गरेको हो।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मनसुन सक्रिय भएसँगै बाढी-पहिरोलगायतका प्राकृतिक प्रकोपबाट बच्ने पूर्वतयारी तथा प्रकोपबाट पीडितको यथाशीघ्र उद्धार र राहतका लागि सम्पूर्ण तयारी पूरा गरिएको जानकारी दिए। प्राकृतिक प्रकोपबाट प्रभावित हुनेको यथाशीघ्र उद्धार तथा राहतका लागि सातवटै प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोलीका साथै सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जानकारीसमेत उनले दिए।

त्यसैगरी, मनसुन सक्रिय भएदेखि विपद् पूर्वतयारीका लागि नेपाली सेनाद्वारा इटहरी, काठमाडौं र सुर्खेतमा हेलिकोप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा राखिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्