५० विद्यार्थीको एसईई नतिजा रद्द

see result published 1
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ०७५ सालको एसईई परीक्षामा ५० विद्यार्थीको नतिजा रद्द भएको छ।

तर, विभिन्न तीनवटा कारणले बिहीबार नतिजा रोकिने विद्यार्थी अरु पनि छन्, जसका सम्बन्धमा आफूहरु गम्भीर रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। दुई जना विद्यार्थीको सबै विषयको नतिजा रद्द भएको छ।४८ जनाको एउटा विषयको मात्रै नतिजा रद्द भएको छ।

परीक्षा मर्यादित र अनुशासित भए पनि केही केन्द्रमा मर्यादा उल्लंघन भयो। मर्यादा विपरीत कार्य गर्ने एक जना र गलत विवरण भरेर आवेदन गर्ने एक जना गरी दुई जनाको सबै विषय रद्द गरियो’ परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दुई जनाको सबै विषय र ४८ जनाको एक विषय गरी कुल ५० जनाको परीक्षा रद्द भएको छ।’अन्य कारणले नतिजा आउन नसकेका विद्यार्थीहरुको हकमा भने सम्बन्धित विद्यालय र विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न सक्ने अधिकारीले बताएका छन्। उनका अनुसार कतिपय विद्यार्थीको सिम्बल नम्बर अस्पष्ट भएकाले नतिजा नआएको बताए।

केही विद्यार्थीको प्रयोगात्मक परीक्षाको नम्बर प्राप्त नभएकाले नतिजामा गडबडी भएको छ भने केही विद्यार्थीको तोकिएको उमेर नपुगेका कारण नतिजा रोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘परीक्षामा त्रुटि नहोस् भनेर सक्दो सावधानी अपनाइएको छ। त्यति हुँदाहुँदै पनि सिम्बल नम्बर स्पष्ट नहुने, प्रयोगात्मक नम्बर प्राप्त नहुने, तोकिएको उमेर पूरा नहुनेहरुका लागि छुट विवरण उपलब्ध गराउन विद्यार्थी र सम्बन्धीत विद्यालयलाई आग्रह गर्दछौं।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्