काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो ।
१ हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक–फरक बनाएर परीक्षा लिइएको थियो ।
बोर्डले बिहीबार प्रकाशित गरेको नतिजाअनुसार सामुदायिक तर्फ २ हजार ७ सय ९२ जनाले जीपीए ए प्लस ल्याउँदा निजीतर्फका १४ हजार ७ सय ८८ विद्यार्थीले ल्याउन सफल भएका छन् । त्यस्तै जीपीए ए ल्याउने सामुदायिकतर्फ ११ हजार २ सय २३ हुँदा निजीतर्फका ३९ हजार ९ सय १४ पुगेका छन् ।
त्यसैगरी बी प्लस ल्याउने सामुदायिकतर्फ २६ हजार ३ सय ६६ र निजीतर्फ ३७ हजार ३ सय ७५ जना रहेका छन् । त्यस्तै जीपीए बी ल्याएर पास हुने सामुदायिकतर्फ ५३ हजार ७ सय ३० र निजीतर्फ २२ हजार ८ सय ३४ जना छन् ।
त्यसैगरी सी प्लस ल्याउने सामुदायिक विद्यालयतर्फ ८७ हजार ४४२ र निजीतर्फ १०हजार ७६५ रहेका छन् । सी ल्याउने सामुदायिकतर्फ ९० हजार ४४५ छन् भने निजीतर्फ ४ हजार ८६२ छन् । यसैगरी डी प्लस ल्याउने सामुदायिकतर्फ ४२हजार ३६३ छन् भने निजीतर्फ १४७८ छन् ।
यसैगरी डी ल्याउने सामुदायिकतर्फ ४२९६ छन् भने निजीतर्फ १३३ जना रहेका छन् । यसैगरी जीपीए ई ल्याउने सामुदायिक तर्फ ६६७३ जना छन् भने निजीतर्फ १ हजार ७९६ छन् ।
यस्तै ए प्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भएका छन् भने छात्रा ७२८६ जना रहेका छन् । यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना रहेका छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।
यसैगरी सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । यसैगरी डी ल्याउनेमा छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।
वि.सं २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी भएका थिए ।
कुन प्रदेशको नतिजा कस्तो आयो ?
प्रदेश १
प्रदेश नम्बर १ मा कूल ७९ हजार३४० जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा ३७ हजार ९३४ छात्र र छात्रा ४१ हजार ४०६ जना उत्तीर्ण भएका छन् ।
प्रदेश २
प्रदेश नम्बर २ मा कुल ६४ हजार ८०३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र ३४ हजार १०९ जना उत्तीर्ण हुँदा छात्रा ३० हजार ६९४ जना उत्तीर्ण भएका छन् ।
प्रदेश ३
प्रदेश नम्बर ३ मा कूल एक लाख ३ हजार ३०८ परीक्षार्थी उत्तीर्ण भएका छन् । छात्र ५१ हजार ५५२ र छात्रा ५१ हजार ७५६ जना उत्तीर्ण भएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कूल ४६ हजार ४४५ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र २२ हजार ७८१ र छात्रा २३ हजार ६६४ जना रहेका छन् ।
प्रदेश ५
प्रदेश नम्बर ५ मा कूल ७३ हजार ६ सय ९८ परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र ३८ हजार ३१५ र छात्रा ३५ हजार ३८३ जना उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा कूल ३२ हजार ३९२ जना उत्तीर्ण भएका छन् । जसमा छात्र १५ हजार ४५७ जना र छात्रा १६ हजार ९३५ जना उत्तीर्ण भएका छन् ।
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कूल ४९ हजार ६५६ परीक्षार्थी उत्तीर्ण हुँदा छात्र २३ हजार ८८४ र छात्रा २५ हजार ७७२ जना उत्तीर्ण भएका छन् ।



लाेकपाटी न्यूज

