मन्त्रिपरिषद बैठकका यस्ता छन् २० निर्णय

cabinet-pm-office-1
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । सरकारले सेनाका ५ जना प्रमूख सेनानीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय गरेको छ। असार ५ र ८ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले ५ जना सेनानीलाई महासेनानी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। सेनानी प्रज्वल शमसेर रायमाझीसहितका ५ जनालाई महासेनानीमा बढुवा गरिएको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले जानकारी दिए।

बैठकले सप्तरी र धनुषाबाट नक्कली विवरण पेश गरी नेपाली नागरिकता लिने २ जना भारतीय नागरिकलाई कानून बमोजिम कारवाही गर्ने निर्णयसमेत गरेको छ।

बैठकका निर्णय विज्ञप्तिमा हेर्नुहोस्

11

1213

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्