काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।
बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो। देशभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए।एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।
यसपटक प्रदेश अनुसार अनिवार्य विषयहरुको प्रश्नपत्र फरक(फरक बनाएर परीक्षा लिइएको थियो। नतिजा प्रदेशअनुसार छुट्टाछुट्टै र एकैपटक सार्वजनिक गरिएको छ। नतिजा सिम्बल नम्बर लेखेर ३५००१ मा एसएमएस गरेर प्राप्त गर्न सकिने छ।



लाेकपाटी न्यूज

