फरीदाबाद, १२ असार । बिहिबार बिहान कांग्रेसका प्रवक्ताकाे गाेली हानी हत्या भएकाे छ । भारतीय कांग्रेसका हरियाणा प्रदेश प्रवक्ता रहेका विकास चौधरीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको हाे ।
समुहले चौधरीलाई जिमखानाबाट बाहिर निस्कदैं गर्दा गोली हानेकाे जनाइएकाे छ । भारतीय प्रहरीले जनाएअनुसार घटना बिहानको ९ बजे भएको थियो । गोली लागि ढलेका चौधरीलाई केही सहयोगीले अस्पताल लगेका थिए । तर, अस्पताल लगिनु पूर्व नै चौधरीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
प्रवक्ता चौधरी प्रदेश अध्यक्ष अशोक तम्बर नीकट मानिन्छन् । छोटो समयमै राजनीतिमा फड्को मारेका चौधरीले धेरै दुश्मनी कमाएको भन्ने गरिन्छ । जानकारी अनुसार चौधरीले आफ्नो साथमा ३/४ जना निजी सुरक्षाकर्मीसमेत राखेका थिए ।
राहुल गान्धीद्धारा हत्याप्रति भत्सना
प्रदेशका प्रवत्ताको गोली हानी भएको हत्या भएको घटनाप्रति कांग्रेस अध्यक्ष राहुल गान्धीले भत्सना गरेका छन् । उनले घटना लगत्तै ट्वीट गर्दै हत्या निन्दनीय, शर्मनाक र दुःखद भएको बताएका छन् ।
उनले हरियाणाको कानूनी व्यवस्था एकदमै कमजोर भएको भन्दै जनताको शान्ति सुरक्षामा सरकार असफल भएको बताएका छन् ।–एजेन्सी



लाेकपाटी न्यूज

