एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै, यसरी हेर्न सकिनेछ नतिजा

see
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो ।

प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो। २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन्।

see_result

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्