मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आलस्य र थकानको अनुभूति हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। आर्थिक सङ्कटले सताउनेछ। मालसामान हराउन सक्छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामबाट राम्रै लाभ हुनेछ। मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ। बौद्धिकताको विकास हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। मनमा भएको तनाव हटेर मन प्रसन्न हुनेछ। घरमा अतिथीको आगमन हुनेछ। पढाइमा प्रगति हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काममा हात हाल्ने समय छ। व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। मुद्दा मामिला आइलाग्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। लाभदायक यात्रा रहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ। छोटो दुरीको लाभदायक यात्रा रहला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। रमणीय र सुखद् यात्रा हुनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। आर्थिक क्षेत्रमा सङ्कट आउला। बन्दव्यापारमा मन्दी छाउनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। रोजगारको अवसर मिलनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। आर्थिक पक्ष सुदृढ बन्नेछ।



लाेकपाटी न्यूज
