साहित्यकार संगीत स्रोता पक्राउ

Sangeet shrota
लाेकपाटी न्यूज

काठमाडौं, ११ असार। कवि तथा पत्रकार संगीत स्रोतालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर कलेज अगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।

पत्रकार दीपक सापकोटाले ‘मास्क’ लगाएका आएका पोशाकधारी प्रहरीले पक्राउ गरेको बताए। पक्राउको कारण भने खुलिसकेको छैन। तर प्रहरीले नचिनेर पक्राउ गरिएकाे प्रतिक्रिया दिएकाे छ।

ठूलो संख्यामा आएका प्रहरीले संगीतलाई घेरा हालेर पक्राउ गरे’, सापकोटाले भने, ‘मैले किन समातेको भन्दा यो तपाईंसँग सम्बन्धित विषय होइन, भनेर मलाई घचेड्दै महेन्द्र पुलिस क्लबभित्र लगे।’

यता प्रहरीले भने संगीतलाई पक्राउ नगरेको जनाएको छ। त्यस्तै प्रहरीले अर्का कवि रसुवाली कविलाई पनि गिरफ्तारी गरेको छ। रसुवाली कवि केही समय अगाडि पक्राउ परेर स्रष्टाहरुको दबाबपछि रिहा भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्