काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार १४ गते पार्टीका सबै नेता कार्यकर्तालाई वृक्षारोपण गर्न निर्देशन दिएका छन्।
ओली र प्रचण्डले पार्टी केन्द्रीय कार्यालयका तर्फबाट सर्कुलर जारी गर्दै असार १४ गते वृक्षारोपण गर्न निर्देशन दिएका हुन्। ‘यही असार १४ गते देशव्यापी रुपमा अभियानकै रुपमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ’ सर्कुलरमा भनिएको छ।
नेकपाले असार १४ लाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाउन सबैमा अपील पनि गरेको छ। यस्तो छ ओली–प्रचण्डको पत्र।



लाेकपाटी न्यूज

