“विकासमा अवरोध भए सैह्य हुँदैन” : मन्त्री मगर

Bina Magar-13
लाेकपाटी न्यूज

काठमाडौं, ११ असार । खानेपानी मन्त्री बिना मगरले विकासका कार्यमा हातेमालो गर्न आग्रह गरेकी छिन्।कञ्चनपुरको बेलौरी नगरपालिकाको चौथो नगरसभामा बुधबार उनले विकासका कार्यमा अवरोध भए सैह्य नहुने बताइन्।

नगर क्षेत्रलाई नमूनाका रुपमा विकास गरेर देखाउने उल्लेख गर्दै उनले नगरको दिगो विकासका लागि कटिबद्ध रहेको समेत बताइन्। बेलौरीमा भन्सार नाका खोल्ने, पर्यटकीय गन्तव्यको सूचीमा परेको बन्दताल संरक्षण गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडकको सहज सुविधा पुर्‍याउने कार्य अगाडि बढेकाले नमूना शहर बनाउने कार्यमा विलम्ब नहुने उनले बताइन्।

उनले भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी शहरको परिकल्पना बोकेर कार्य अगाडि बढाउने योजना अघि सारेको बताइन्। बेलौरी नगरपालिकाका नगरप्रमूख पोतिलाल चौधरीले नगरसभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

चौथो नगरसभामा नगरउपप्रमूख चित्रकुमारी चौधरीले आव २०७६/७७ को लागि रु ६० करोड ८५ लाख ९४ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्