राष्ट्रिय सभा बैठक : सांसदद्वारा सरकारको ध्यानाकर्षण

लाेकपाटी न्यूज

काठमाडौं, ११ असार । राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

बुधबार बसेको राष्ट्रिय सभाको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन्। अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस सञ्चालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुुुुर्‍याउन माग गरिन् ।

सांसद दुर्गा प्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताएका थिए। सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरे।

सांसद नन्दा चपाईले नयाँ पत्रिका राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एक समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपत्ती जनाइन्। पत्रिकाले विधायन समितिमा गुठि विधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन्। राष्ट्रिय सभामा पेश भए पनि समितिमा विधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको बताइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्