चितवन, १० असार । भरतपुर महानगरपालिकाले दुध उत्पादन गर्ने किसानलाई विशेष राहतको घोषणा गरेको छ।
मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६\०७७ को बजेटमार्फत महानगरले दुध उत्पादन गर्ने किसानलाई प्रोत्साहन स्वरुप विशेष राहतको घोषणा गरेको हो।
महानगर प्रमूख रेनु दाहालका अनुसार महानगरले सहकारीमा आवद्ध किसानलाई प्रतिलिटर एक रुपैयाँ अनुदान दिनेछ। यस अघि प्रति लिटर २५ पैसाको अनुदानको व्यवस्था रहेको थियो । यसमा बढाएर एक रुपैयाँ पुर्याइएको हो।
हाल दैनिक ८९ हजार लिटर दुध किसानले सहकारीमार्फत बिक्रि गर्दै आएको महानगरले जनाएको छ।
यसका लागी ३ करोड रुपैँया बजेट छुट्याइएको प्रमूख दाहालले जानकारी दिइन्। यो कार्यक्रमले किसानहरुलाई थप प्रोत्साहन मिल्ने विश्वास लिइएको महानगर प्रमूख दाहालले बताइन्।


लाेकपाटी न्यूज

