बिर्तामोड। चौतर्फी विरोधपछि बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले गृह मन्त्रालयको शिफारिसमा सरकारले दिने भनेको रु. ३० लाख क्षतिपूर्ति रकम नलिने घोषणा गरेका छन्। सञ्चार माध्यमहरुमा यो समाचार आएपछि ब्यापक विरोध भएको थियोे।
तीन महिना अगाडि उनको निजी निवासमा भएको तोडफोडको घटना पछि सरकारले उनलाई क्षतिपूर्ति स्वरुप रु तीन लाख दिने निर्णय गरेको थियोे। उक्त रकम आफु लिन अनिच्छुक भएकै कारण हालसम्म नलिएको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जानकारी गराएका छन्।
पत्रकार सम्मेलन अघि नेकपा (नेकपा) को झापा जिल्ला समिति र नगर समितिले मेयर शिवाकोटीलाई बोलाएर उक्त विषयमा परामर्श गरेको थियो। पार्टीको परामर्शपछि मेयर शिवाकोटीले क्षतिपूर्ति नलिने घोषणा गरेका हुन्।
‘मेयरज्यूले प्रेस विज्ञप्तिमार्फत सरकारले दिने भनेको क्षतिपूर्ति रकम नलिने घोषणा गर्नुभएको छ’ नेकपा विर्तामोड नगर ईञ्चार्ज युवराज दाहालले भने, ‘पार्टीले यस निर्णयको स्वागत गरेको छ।’ यस्तो छ मेयर शिवकोटीको विज्ञप्ति।




लाेकपाटी न्यूज

