पैसाकाे अभावमा रंगशालाकाे काम राेकिन्न : प्रचण्ड

prachanda-10
लाेकपाटी न्यूज

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन दिन नहुने बताएका छन्।

भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जुनसुकै हालतमा पनि महानगरमा निर्माण हुने भनिएको रंगशाला बनाउनका लागि महानगरबासीले जोड दिनुपर्ने बताए।

सोही अवसरमा दाहालले “महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्छ”, भने । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनले आग्रह गरे। सो अवसरमा महानगर प्रमूख रेनु दाहालले भरतपुर महानगरपालिकाको नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन्।

महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६/७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ। कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरेकि थिइन्।

प्रस्तावित नीति तथा कार्यक्रमअनुसार रंगशाला निर्माणका लागि महानगरले ५ करोड रूपैयाँ र महानगरका २९, २९ वटा वडाहरूले ५ लाखको दरले १ करोड ४५ लाख छुट्याएको छ। सो अवसरमा महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

सो अवसरमा कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीलगायतले महानगरको विकासमा सबैलाई एक हुन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्