काठमाडौं, १० असार । खानेपानी मन्त्री बीना मगर आफ्नो निर्वाचन क्षेत्रमा जाँदा मन्त्रीको स्वागतमा रहेका जनतामाथि कांग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेका छन्।
पूर्व सांसद समेत रहेका मन्त्री मगरसँग पराजित कांग्रेस नेता देवान विष्टको निर्देशनमा मन्त्रीको स्वागतमा रहेका जनतामाथि कुटपिट गरेको नेकपाका नेता दीपक तिमिल्सिनाले बताए । पुनर्वास नगरपालिका दोकेबजारस्थित खानेपानी मन्त्रीको स्वागतमा उपस्थित जनतामाथि एकाएक कांग्रेस कार्यकर्ताले निर्घात कुटपिट गरेको नेता तिमिल्सिनाले बताए ।
उक्त कुटपिटमा परी तीन जना स्थानीय घाइते भएका छन्। घाइते हुनेहरुमा बलबहादुर तामाङ, सुरेश अधिकारी र गुड्डु धामी रहेका छन्। घाइते तीनै जनाको धनगढीस्थित मायामेट्रो हस्पिटलमा उपाचार भइरहेको जनाइएको छ ।
केही महिना अघि कांग्रेस नेता विष्टले विद्युत प्राधिकरण, बेलौरी शाखा प्रमूखलाई अनावश्यक धम्की दिएको विषयलाई लिएर खानेपानी मन्त्रीले राष्ट्रसेवक कर्मचारीमाथिको हातपात खेदजनक भएको बताएकी थिइन्। सोही विषयम रिसीबी राख्दै विष्टले मन्त्रीमाथि हमला गर्न खोजको नेकपाका नेताहरुले बताए ।
यता देउवा पक्षका कांग्रेस नेताहरुले समेत नेता विष्टको त्यस्तो कदमप्रति विरोध जनाएका छन् ।



लाेकपाटी न्यूज
