काठमाडौं, १० असार । नेपाली फिल्म मालिका निर्माता नरबहादुर कार्कीलाई प्रहरीले विप्लव समूहमा लागेर शकांस्पद गतिविधी गरेको आरोपमा सोमबार साँझ पक्राउ गरेको छ।
कार्की नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन्। उनी गत वर्ष विप्लव समूहमा प्रवेश गरेका थिए। पछिल्लो समय सामाजिक सञ्जालमार्फत सरकारबिरुद्ध कडा रुपमा आफनो आवाज उठाउदै आएका कार्की पक्राउ परेपछि नायिका रेखा थापाले चर्को आक्रोस व्यक्त गरेकी छिन्।
यसअघि विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाउँदा पनि चर्को आलोचना गरेकी रेखाले कार्की पक्राउ परेपछि आक्रोस व्यक्त गर्दै कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो भन्दै प्रश्न गरेकी छिन्। सामाजिक सञ्जालमा रेखाले लेखेकी छिन् “राज्य आतंकको वर्तमान रुप आफ्नै आँखाले देखियो आज सामाजिक अभियन्ता, अन्तर्राष्ट्रिय मोटिभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ।
केलेर, भरखरै मारौंला जस्तो गरेर गणतान्त्रिक लोकतन्त्रात्मक प्रहरी प्रस्तुत भएको खुद आँखाले देख्न पाइयो”। रेखा अगाडी थप्छिन्” सामाजिक विषयका बारेमा छलफल गर्दै गर्दा उहाँलाई अपराधिलाई जसरी किन पक्राउ गरेको भनेर सोध्दा विप्लव समर्थक भएर रे ? यो जस्तो नालायक र पाखण्ड जवाफ अरु के हुन सक्छ ? कुनै व्यक्ति, कुनै पार्टीको नेताको समर्थक हुन नपाइने यो कस्तो गणतन्त्र हो ?”

कार्कीले केही समय अगाडी एनेसल बहिष्कारको अभियानलाई समेत अगाडी बढाएका थिए। पक्राउ परेका कार्कीलाई यतिबेला महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ। सामाजिक अभियन्ताको रुपमा समेत चर्चित रहेका कार्की सन् २०१६ मा मुम्बईमा भएको विश्व प्रशिक्षक सम्मेलनमा छानिएका ५० सफल प्रशिक्षकसमेत हुन्।



लाेकपाटी न्यूज

