तरुण दलका नेताहरु नेकपामा प्रवेश

65636515_2376369509267230_817680220319383552_n
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल तरुण दलका क्षेत्रीय नेताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। बुधबार बिहान चितवनको भरतपुरमा युवा नेताहरु नेकपा प्रवेशको घोषणा गरेका हुन्।

नेकपा प्रवेश गर्ने तरुण दलका नेताहरुमा क्षेत्रीय सदस्यहरू दीपक थापा, सन्तोष गुरूङ, जोखबहादुर श्रेष्ठ र चोके गुरूङ लगायतका सयौं युवाहरू रहेका छन्। उनीहरुले नेपाली कांग्रेसले मुलूकको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आफूहरु नेकपामा प्रवेश गरेको बताए।

नवप्रवेशी नेताहरुलाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका थिए। चितवनमा नेपाली कांग्रेस, राप्रपा लगायतका पार्टीबाट नेकपा प्रवेश गर्ने लहर चलिरहेका बेला तरुण दलका क्षेत्रीय नेता र सदस्यहरु नेकपा प्रवेश गरेका हुन्।