काठमाडाैं, ९ असार । पोखराको व्यस्त क्षेत्र सिद्धार्थचोकमा रहेको तरकारी बजारमा शंकाष्पद वस्तु फेला परेको छ। पहेँलो मसीले ‘टाइम बमजडित डिटोनेटर अटोमेटिक बम, बन्द सफल पारौँ’ लेखिएको पर्चा पनि तरकारी बजारमा भेटिएको छ।
निलो पाइपमा बाहिरबाट घडी जोडिएको सो वस्तु बम हो कि होइन भन्ने निक्र्योल भने भएको छैन। घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली भने पुगेको बताइएकाे छ।
सेनाको डिस्पोजल टोली यतिबेला शंकाष्पद वस्तु डिस्पोजलको प्रक्रियामा रहेको कास्की प्रहरीका डिएसपी राजकुमार केसीले जनाएका छन्। व्यस्त बजारमा शंकाष्पद वस्तु भेटिएपछि पोखराको सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए ।
नगर क्षेत्रमा प्रहरी परिचालन व्यापक बनाइएको छ। विप्लव माओवादीले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा शंकास्पद वस्तु भेटिएपछि स्थानीयहरु त्रसित बनेका छन् । तर विप्लव माओवादीका कुनै कार्यकर्ता भने पक्राउ नपरेको प्रहरी स्राेतले जनाएकाे छ ।



लाेकपाटी न्यूज

