काठमाडौं, ९ असार । नेपाली सांगीतिक क्षेत्रदेखि लिएर हरेक क्षेत्रमा एउटै मात्र विषय चर्चामा रहेको छ, त्यो हो गलबन्दी विवाद। प्रकाश सपुतको यस चर्चित गीत यतिबेला बालबालिकादेखि बृद्धबृद्धाहरुको मुखमासमेत झुण्डिएको छ। गीतको भिडियो पनि उत्तिकै रुचाईएको छ जसको करोड बढी भ्यूअर्स पाइसकेको छ।
तर, वरिष्ठ गायक शम्भु राईले आफ्नो पूरानो गीत आउ नाचौँ सँगी हो बोलको गीतसँग गलबन्दीको लय मिलेको भन्दै आपत्ति जनाए। शम्भु आफ्नो गीतको लय गलबन्दीसँग मिलेको दाबी गर्छन् भने प्रकाश सपुत यस कुरालाई मान्न तयार छैनन् । उनले शम्भु राईको उक्त गीत सुन्दै नसुनेको भन्दै अभिव्यक्ति दिएका छन्।
यता शम्भुले गीत संयोगबस मिले पनि गीतमा आफनो नाम पनि आउनु पर्ने यात आफनो लय मिलेको ठाँउमा गीत हटाउनु पर्ने उनको माग छ जुन माग प्रकाशले मानेन्। त्यसपछि शम्भुले प्रकाशविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिएका छन्। यो गलबन्दी प्रकरण संसदसम्म पुगेको छ। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मीन बहादुर विश्वकर्माले सोमबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले गलबन्दी गीत शम्भु राईको गीतसँग मेल नै नखाने बताएका छन्।
गलबन्दी गीत सर्वत्र चर्चामा आई बिदेशीहरुको मनमा समेत बस्न सकेको भन्दै उनले भने “विगत केही दिनदेखि सबैको मुखमा हरपल गुनगुनाई रहेने धुन बनेको छ, ‘गलबन्दी च्यातियो तिमीले तानेर’ नेपाली मात्रै नभई विदेशी मनहरूले पनि यही धुन गुनगुनाई रहेका छन्।”
उनले गलबन्दी गीत शम्भु राईको गीतसँग नमिलेको बताउँदै भने “गाउँघरमा, रोधिघरमा, मेलापातमा, रतेउलीमा जाँदा स्वतःस्फूत गाउँने भाका नै लोकभाका हो। यो भाका न नक्कल हुन्छ न चोरी।” उनले आफुले पनि लोकगीत गाएको बताउदै गलबन्दी गीत चोरी भयो भनेर मुद्दा हाल्नु लज्जाको विषय भएको बताए। उनले गीत सर्वत्र चर्चित बनेको कारण प्रकाश सपुत र गायीका शान्ति श्री परियारलाई सरकारले सम्मान गर्नुपर्ने उनको भनाई छ।




लाेकपाटी न्यूज

