चितवन, ९ असार । भरतपुर महानगर फलफुल तथा तरकारी बजार क्षेत्रपुरमा आकस्मिक रुपमा सोमबार बिहान ५.३० बजे पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे।
सधैँ झै तरकारी बजारमा झिसमिसेमै किसान र व्यापारी किनबेच गरिरहेका थिए। निलो ट्रयाकसुट , क्यापटोपि, जुत्ता, फुर्तिलो शैलीमा प्रचण्ड सिबिलमा रहेका केही सुरक्षाकर्मिका साथ तरकारी बजार छिर्दा स्थानीय अचम्मित देखिन्थे।
बजारका अध्यक्ष थिरप्रसाद धितालले प्रचण्ड आउनु केही समय अघि मात्र सूचना पाएका थिए। मर्निङ वाक गर्दै तरकारी बजार छिरेका प्रचण्डले त्यहाँ करिव २० मिनेट बिताए। सो क्रममा उनले किसान र व्यवसायिसँग भलाकुसारि गरे।
“किसान र व्यवसायि दुबैलाई समस्या के छन् भनी सोधे, यस बजारलाई सरकारी सहुलियत केही भयन भनेर मैले कुरा राखे” धितालले भने। मर्निङ वाकको क्रममा तरकारी बजार छिरेर प्रचण्डले व्यवसायि र किसानको हौँसला बढाउनु भयो, धितालले भने।





लाेकपाटी न्यूज

