पढ्नुहोस् सोमबारको भाग्यफल

rasifal-5-2
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभ,हानी,आय,व्यय,सुख,दुख बरावरी मध्यम खालको समय छ। मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ। शुभकार्यको चर्चा चल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। व्यापार व्यवसायमा प्रगति होला। धार्मिक कार्यमा रुची बढ्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तको प्रगतिमा मन रमाउनेछ। विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। पारिवारसँग रमाइलो भेटघाट हुनेछ। प्रेममा मधुरता छाउला। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ। सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। वाहान लाभ हुने समय छ। जोश जाँगर र हिम्मत बढ्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आत्मिक सन्तुष्टि मिल्नेछ। शुभकार्यको चर्चा रहला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घर व्यवहारमा झमेला आउला। मनमा दुबिधा उत्पन्न हुनेछ। पारिवारिक समस्या आइपर्ला। विचार गरेर निर्णय लिनु उचित होला।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) बन्धु बान्धवबाट सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघी बढ्नेछ। स्वास्थ्यमा सुधार आउला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) श्रमको उचित मुल्याङन हुनेछ। व्यापार व्यवसायमा सफलता मिल्नेछ। धर्र्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कामको थालनी हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ। प्रेममा सफलता पाईनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ। घरायसी व्यवहारबाट टाढै बस्नु होला। द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्