ट्रम्पले किम जोङलाई चिट्ठी पठाएपछि…

tramp kim
लाेकपाटी न्यूज

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ ऊनलाई व्यक्तिगत पत्र पठाएका छन्।
किमले उक्त पत्रलाई ‘गजब’को भन्दै प्रशंसा गरेको उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ।

उत्तर कोरियाली सञ्चारमाध्यको अनुसार उक्त पत्रमा ‘चाखलाग्दो बेहोराबारे गहन ढङ्गले सोचविचार गर्ने’ आशय व्यक्त गरिएको पनि जनाएको छ। किम जोङले ट्रम्पको ‘असाधारण साहसको पनि प्रशंसा समेत गरेका छन्।

यसअघि जुन महिनाको प्रारम्भमा उत्तर कोरियाली नेताले आफूलाई एउटा सुन्दर चिठी पठाएको ट्रम्पले बताएका थिए।
अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने खुलासा गरिएको छैन। त्यसबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन।