बुटवल दुर्घटनाका मृतकको सनाखत

Butwal durghatna
लाेकपाटी न्यूज

बुटवल, ८ असार । शनिबार राती रुपन्देहीको सैनामैनामा दुर्घटनामा परी मृत्यु भएका दुई युवाको सनाखत भएको छ।
मोटरसाईकलमा सवार उनिहरुलाई वसले ठक्कर दिएपछि मोटरसाईकलमा लागेको थियो।

आगोका कारण उनिहरुको अनुहार नै जलेपछि पहिचानमा समय लागेको हो। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा मृत्यु भएका दुबै जना दाङको लमहीका रहेका छन्। दाङ लमही वडा नं. ३ का काशी चौधरी र मानवबाहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमूख भिमलाल भट्टराईले बताए।

उनका अनुसार दुबै जनाको उमेर २५ देखि ३० वर्ष बीचको रहेको छ। दाङ लमहीका मजदुरहरु राति बुटवलवाट काममा जान लागेको बेला दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। उनिहरुका अभिभावकहरुलाई खबर गरिएको र शव पोष्टमाटमका लागि बुटवलको प्रदेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्