चीनको सिचुआनमा भूकम्प, १९ घाइते

Earthquack
लाेकपाटी न्यूज

चेङदु, ८ असार । चीनको दक्षिणी क्षेत्रमा आएको भूकम्पका कारण कम्तीमा १९ जना घाइते भएका छन्।

सिचुवान प्रान्तको क्वाङ्क्षीन क्षेत्रमा शनिबार ५.४ म्याग्नीच्युडको भूकम्प आएको स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

घाइतेहरु सबैलाई उपचारका लागि तत्कालै नजिकैका अस्पतालहरुमा लगिएको छ।घाइतेहरुमध्ये कसैको पनि अवस्था गम्भीर र चिन्तजनक नभएको पनि उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन्।

स्थानीय समय अनुसार शनिबार राति १०.२९ बजेतिर भूकम्प आएको चीनियाँ भूगर्भ केन्द्रले जनाएको छ।