काठमाडौं, ८ असार । दार्चुलाको नौगाडा गाउँपालिका २, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाएर श्रीमतीको मृत्यु भएको छ।
शनिबार राति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो।
प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ।
घरमा उनका बुबा, आमा र ३ जना छोराछोरीसँगै बस्थे। उनीहरु भने सकुशल रहेका छन्। ‘घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्नेबारे अनुसन्धान थालेका छौं’, दार्चुलाका एक प्रहरी अधिकृतले भने। प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्रेको छ। परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।



लाेकपाटी न्यूज
