काठमाडौं। स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएका युवाहरुले अर्जुनचौपारी काठमाडौं समाज गठन गरेका छन्।
शनिबार एसएस कलेज माछापोखरीमा आयोजित प्रारम्भिक भेलाले समाजको गठन गरेको हो। भेलाले २९ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको छ। भेलाले संस्था दर्ता गरेर समाजका गतिविधि अगाडि बढाउने निर्णय पनि गरेको छ।
समाजको अध्यक्षमा राजेन्द्र चापागाईं, उपाध्यक्षमा दीपेन्द्र गुरुङ, थमनारायण अर्याल, भानुभक्त ढुंगाना, महासचिवमा नेत्र नारायण पौडेल, सचिवमा सूर्यप्रसाद चापागाईं, कोषाध्यक्षमा नवीन पौडेललाई चयन गरिएको छ।
त्यसैगरि सदस्यहरुमा हिरादेवी काफ्ले, गोमा न्यौपाने ढकाल, भविश्वर देवकोटा, नवराज पौडेल, चित्रबहादुर रोका, मिलन गुरुङ, सञ्जिता केसी, त्रिलोक प्रताप काफ्ले, पिताम्वर रिमाल, तिलादेवी काफ्ले, सविन गौतम, हरि प्रसाद चापागाईं, चुडामणि चपाईं, निलकण्ठ चापागाईं, बालाकृष्ण चपाईं, सागरराज खनाल, ध्रुवराज पौडेल, सीता सुनार, देवीकुमारी पौडेल, लक्ष्मी प्रसाद ढकाल, राजकुमार सुनार र सचिन अधिकारी रहेका छन्।



लाेकपाटी न्यूज
