मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसिक चिन्तन बढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म, तथा समाजसेवामा मन लाग्नेछ। चिताएको कामले तीव्रता लिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) व्यक्तिगत स्वास्थ्य र दुर्घटनाप्रति सतर्क रहनु पर्छ। आलस्य र थकानको अनुभूति हुनेछ। झुटा आरोप लाग्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेममा सफलता प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाइएला। नसोचेको ठाउँबाट धनागम हुनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। शुभकार्यको चर्चा चल्नेछ। ताकेको कार्य पुरा होला। दैनिक कार्यमा प्रगति हुनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भौतिक साधन जुटाउने समय छ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ। शत्रु पराजित हुनेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। आर्थिक कारोवारमा मन्दी आउनेछ।



लाेकपाटी न्यूज
