अवैध बसोबास गरिरहेकामाथि व्यापक धरपकड गर्दै अमेरिका

लाेकपाटी न्यूज

काठमाडाैं, ७ असार । अमेरिकाको आप्रवासन तथा भन्सार प्रहरीले मुलुकका १० शहरमा बसोबास गर्दै आएका अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियानलाई तीव्र पार्ने भएको छ ।

आइतबारबाट २ हजारभन्दा धेरै अवैध आप्रवासीलाई लक्षित गरी व्यापक छापा मार्ने तथा पक्राउ गरी देश निकाला गर्ने अभियान शुरु गरिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अदालतले अमेरिका छाडेर जान आदेश दिए पनि अटेर गरी अमेरिकामा नै बसिरहेका आप्रवासीलाई लक्षित गरी उक्त कारवाही गर्न लागिएको जनाइएको छ ।

यसअघि गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका दशौं लाख आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने घोषणा गरेका थिए ।