ओमन, ७ असार । गैर आवासीय नेपाली संघ (एनआरएनएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म हुने भएको छ ।
सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए नेताहरू ओमनमा आउन लागेका हुन् ।
मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनसिसी अर्थात आइसिसीमा सचिव पाएको ओमनको अधिवेशनमा विश्वभरीका केन्द्रीय नेताहरुको हुन लागेको आवागमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । हालका सचिव डिवी क्षेत्रीको बसोबास गर्ने देश भएका कारण र मध्यपूर्वले राम्रो नेतृत्व पाइरहहेको बखतमा ओमनको एनसिसी अधिवेशन क्षेत्रीय सम्मेलनको झझल्को दिने देखिन्छ । किनकी एनसिसी अधिवेशनमै एनआरएनएनका केन्द्रीय नेतादेखि अभियन्ता सम्मको सहभागिताले सबैको ध्यान केन्द्रित गराउने भएको छ ।
एनआरएनए ओमनका अध्यक्ष दिपक श्रेष्ठका अनुसार सम्मेलनमा सयौंको संख्यामा अतिथिहरुको सहभागिता रहने छ । अहिलेसम्म एनआरएनए आइसिसी अध्यक्ष भवन भट्ट, उपाध्यक्षहरु कुुमार पन्त, कुल आचार्य, एनआरएनएन अमेरिकाज् क्षेत्रीय संयोजक गौरीराज जोशी, मध्य पूर्वका संयोजक आर के शर्मा, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा, एनआरएनए मध्यपूर्व सहसंयोजक गोपाल कँडेल र प्रवीण गुुरुङ, एनआरएनए आइसिसी सदस्यहरु चित्र केसी, मनोज गोर्खाली, सुदिप कार्की, जोन आर्याल, मध्यपूर्वका पूर्व संयोजक नरेन्द्र भाट लगायतकाे उपस्थिति रहने जनाइएकाे छ ।
त्यस्तै, एनआरएनए आइसिसी पूर्व उपाध्यक्ष टिबी कार्की, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, एनआरएनए बेल्जियम अध्यक्ष लोक प्रसाद दाहाल, एनआरएनए यूएई अध्यक्ष रमेश श्रेष्ठ, एनआरएनए यूके उपमहासचिव विनय अधिकारी, एनआरएनए आइसिसी सदस्य विमल सुुवेदी, विनोद भट्टराई, एनआरएनए मध्यपूर्व सहसंयोजक राजु सायाद, एनआरएनए आइसिसी सदस्य अमित राई, आइसिसी सदस्य कमल श्रेष्ठ, एनआरएनए बेल्जियबाट गोविन्द सुवेदी, बहराईनबाट दुुर्गा गिरी, कुवेतबाट शर्मा राज गिरी, मध्यपूर्वका भूतपूर्व सहसंयोजक धर्मराज गिरी आउने टुंगो लागिसेको छ । अधिवेशन यही जुन २८ तारिखमा ओमनमा हुन लागेको हो ।
हाल आइसिसी सचिव रहँदै आएका डिवी क्षेत्री बसोबास गर्ने देशको हिसाबले ओमनबाट यो पटक महाविधेशनको लागि चुनावी माहोल सृजना हुने देखिएको छ । सचिव डिवी क्षेत्री महासचिवको बलियो दाबेदार रहिरहँदा ओमनमा क्षेत्रीको प्रभावलाई लिएर विश्वभरीका एनआरएनए भेला हुनुले निकै अर्थ राख्ने देखिन्छ ।
सचिव क्षेत्रीले आफैंले आधिकारिक रुपमा महासचिवको उम्मेदवार नभने पनि मध्यपूर्व र एनआरएनएको भलो चाहानेले निस्वार्थ सहयोग गर्ने माहोल बन्दै गएको चर्चा छ । ओमानको अध्यक्ष दुई कार्यकाल बिताउँदै दुतावास स्थापना गर्ने कामदेखि सम्पूर्ण एनआरएनएको इतिहासमा मजदुरका सामाजिक सुरक्षाका बारेमा अग्रिम भूमिकामा रहेर सरकारले पनि उनका मुद्दाहरुमा मनन गरेको देखिन्छ । जस्तैः हजारे अभियान , अनलाइन सिस्टम दुतावासबाटै पुनः श्रम स्वीकृति, तालिम अनिवार्य, सिन्धुलीगढी जस्ता कार्यक्रम लिएर एकोहोरो काम गरिरहने स्वभाव भएकाले क्षेत्रीको महासचिवमा प्रबल दाबेदार मानिएको छ ।
यो भेलालाई केही न केही कनेक्सन र चुनावी रणनीतिक हिस्साको रुपमा मानिएको छ । मध्यपूर्वले अरु पदमा विभाजन भए पनि डिबी क्षेत्रीको उम्मेदवारीमा विभाजित नहुने मनशाय बनाएको धेरै मध्यपूर्वका अभियन्ताहरु बताउँछन् ।
त्यस्तै, आगामी अक्टोवरमा हुन गइरहेको महाधिवेशनमा अहिलेसम्म अध्यक्षमा कुुमार पन्तको उम्मेदवारी दिने पक्कापक्की भएको देखिन्छ । हालका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी दिने भनिएको भए पनि आधिकारिक रुपमा भने सार्वजनिक गरेका छैनन्।
यो पटक पन्तलाई बलियो उम्मेदवारको रुपमा हेरिएको छ भने महासचिवमा मध्यपूर्वबाट हजारे अभियानका अभियन्ता समेत रहेका डिबी क्षेत्रीलाई सर्वसम्मत गर्न मध्यपूर्वबाट पूरै साथ र सहयोग मिल्ने देखिन्छ । त्यस्तै, सचिवमा गौरीराज जोशी, कोषाध्यक्षमा आर के शर्माको दाबेदारी रहँदै आएको छ । दुवै जना अधिवेशनमा सहभागि हुँदैछन्।



लाेकपाटी न्यूज

