रेशमलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

resham-chaudhai-upachar
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिएको जानकारी दिए ।

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धि उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ । उपचारकै क्रममा उनलाई नेल लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्