नेपालमा मनसुन भित्रियो : आज देशका अधिकांश स्थानमा वर्षा हुने

Barsha pic
लाेकपाटी न्यूज

काठमाडौं, ७ असार । नेपालमा मनसुन भित्रिएसँगै केही स्थानमा वर्षा भएको छ। वर्षा हुँदा बढ्दो तापक्रममा केही राहत भएको छ।

मनसुन भित्रिए पनि देशभर फैलन केही समय लाग्ने मौसिमविद्हरुको भनाई छ। आज शनिबार देशको अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। देशको पूर्वी तथा मध्य भू-भागमा समान्यतया बदली र पश्चिमी भू(भागमा आंशिक बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी मध्य तथा पश्चिमका केही स्थानहरुमा बिहानीपख मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। पूर्वका धेरैजसो स्थानहरुमा मेघ गर्जनसहित मध्यम खालको वर्षाको सम्भावना रहेको छ। यसैगरी रातको समयमा देशभर आंशिक बदली रही मध्य तथा पूर्वका धेरैजसो स्थानमा र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्