काठमाडौं, ६ असार । टीकापुर घटनाका दोषी मानिएका सांसद रेशम चौधरीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । फोक्सो र बोनम्यारोमा समस्या भएपछि सांसद चौधरीलाई विहीबार विर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको हो ।
विरामी भएपछि उपचारका लागि अस्पताल भर्ना गरिनु कुनै नौलो नभए पनि उनलाई सांङ्लाे बाँधेर उपचार गरिएपछि उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभामा विजयी भएका सांसद चौधरीको खुट्टामा नेल ठोकेर उपचार भइरहेको छ।
२०७२ भदौ ७ गते घटेको टीकापुर घटनामा रेशम चौधरी विगत १५ महिनादेखि जेलमा छन्। हालै कैलाली जिल्ला अदालतले सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो।



लाेकपाटी न्यूज

