ग्लोबल विजनश क्लेजद्वारा निःशूल्क आँखा शिविर सम्पन्न

लाेकपाटी न्यूज

पर्सा, ६ असार । ग्लोबल विजनश कलेजको आयोजनामा आज निःशूल्क आँखा शिविर सम्पन्न भएकाे छ । वीरगंजको नेशनल ट्रेडिङ्ग अगाडि कलेज परिसरमा आयोजित शिविरमा अभिभावक, विद्यार्थी, सर्वसधारण र शिक्षक गरी एक सय ७० जनाले आखाँ चेकजाँच गराएको कलेजका प्रबन्ध निर्देशक श्रीराम दासले बताए ।

डा. अरुण यादव, प्राविधिक आशा जैशवाल, अन्जना घिमिरे र राजेश चौधरीको टोलिले निःशूल्क रुपमा चेकजाँच गरेको उक्त शिविरमा ६ जनामाथि दृष्ट दोश देखिएको मट्रिका फाउण्डेशनका मेडिकल कोर्डिनेटर महेश धामीले बताए । उपचारका क्रममा आँखामा समस्या देखिएका विरामीहरुको थप उपचार माट्रिका फाउण्डेशनले निःशूल्क रुपमा गरिदिने धामीले विश्वास व्यक्त गरे ।

शिविरमा ग्लोबल विजनश क्लेजका रोशन पटेल, उषमा गिरी, प्रिति भट्ट, प्रियंका यादव, शिसम मिश्रा, अमन कुमार चौरसिया, अभिषेख डंगोल, मनिषा यादव, अनिशा पटेल, ज्ञानेन्द्र चौधरी, रोहित गुप्ता, स्नेहा झा, अंकिता महतो, गौरव गुप्ता, गौरव पटेल, मुकेश सहनी, नेहा साह अभिभावकहरु विनिता महतो, तुलाधर चौधरी, रैजिता देवि, विजय कुमार यसैगरी शिक्षक शैरभ वर्णवाल, सुमन श्रेष्ठ, सिम्ररण परियार, विवेक थापा, सुरज पटेल , कार्यक्रमका वित व्यवस्थापक अशोक सरार्फ, मानव संशाधन तथा अनुसन्धान व्यवस्थापक ओम प्रकाश श्रेष्ठ, कलेजका सल्लाहकार तथा निर्देशक निभा दास लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्