नेकपाका युवा नेता सिंहकाे शव नदीमा फेला

Seti_river_doti
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन ‘युवा संघ नेपाल’ का डोटी जिल्ला नेता पुस्कर सिंहको २६ दिनपछि सेती नदीमा शव फेला परेको छ।

डोटीको आदर्श गाउँपालिका–५ घर भएका सिंह आफ्ना गाउँलेको मलामी गएको बेला सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिंहको खोजीका लागि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली परिचालन भए पनि उनी फेला पर्न सकेका थिएनन् ।

बेपत्ता भएको २६ दिन पछि शुक्रबार विहान शिखर नगरपालिका–१ अन्तर्गत पर्ने कालागाड नजिक नदीमा बगिरहेको अवस्थामा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्