असार १० गते विप्लव समूहद्वारा नेपाल बन्दको घोषणा

Biplab netra bikram chand
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ।

नेकपाका महासचिव विप्लवले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई हिजो बिहीबार प्रहरीले गोली हानी हत्या गरेको विरोधमा बन्द आयोजना गरिएको जनाएका छ।

वक्तव्यमा भनिएको छ, ‘पार्टी फासिवादी सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई महान सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ। सहिदका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदको सपना पूरा गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

                                 bigyapti-biplab