‘करारका कर्मचारी नियुक्ति लोकसेवाबाट नै गराैं’

dilendra baddu
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा नियुक्त गर्ने कर्मचारीहरु पनि लोकसेवा आयोगले नै छनौट गर्ने कानून बनाउन सरकारसँग माग गरेको छ । कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा नियुक्त गर्ने कर्मचारी पनि लोक सेवा आयोगबाटै छनौट गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै बडुले राजनीतिक भागबण्डाको आधारमा करारमा कर्मचारी नियुक्त गर्ने परिपाटीको अन्त्य गर्न पनि त्यसको छनौट गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई दिन उपयुक्त हुने स्पष्ट पारे ।

त्यस्तै सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले सचिव र सहसचिव करारमा राख्ने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जाेड दिइन् । उनले दिएको जिम्मेवारी बहन नगर्ने सचिवको कार्यकाल २ वर्ष घटाउने कानूनी व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।

आफूखुसी चल्ने सचिवहरुलाई सच्याउन पनि उनीहरुलाई दिइएको जिम्मेवारी पूरा नगरे २ वर्ष कार्यकाल कटौति गर्ने कानूनी व्यवस्था गर्न उपयुक्त हुने उनले बताइन्। बैठकमा समितिका सदस्यहरुले विशेषज्ञता हासिल गरेका सचिवहरुलाई सम्बन्धित मन्त्रालयमै सचिव हुने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्