काठमाडौं, ६ असार । समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले सामान्य र निरन्तरताको हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुसी हुने अवस्था भने छैन ।” देशको अहिलेको आवश्यकता भनेको वायुपङ्खी घोडाको गतिमा हिँड्ने बजेट हुनुपर्दथ्यो भन्दै पूर्वअर्थमन्त्री डा. भट्टराईले विगतको सङ्क्रमणकालसँग दाँजेर हेर्न नहुने भए पनि बजेटमा वैचारिक अस्पष्टता भएको बताए।
बजेटलाई केवल आयव्ययको अनुमानका रुपमा मात्र नहेरी देश रुपान्तरणको दस्तावेजका रुपमा बुझ्न आवश्यक रहेको बताउँदै उनले भने, “उत्पादकत्व बढाउने र आत्मनिर्भर हुने पक्षमा बजेट पर्याप्त विनियोजन हुनुपर्नेमा त्यो कम देखिएको छ । उनले विप्पा सम्झौता गर्न अनकनाउने र डराउने काम गर्न हुन्न, आफ्नो मुलुकको हितलाई ध्यान दिएर अघि बढाउनुपर्ने बताए।



लाेकपाटी न्यूज

