सेयर बजार सकारात्मक दिशामा, नेप्से परिसूचकको अवस्था के छ ?

Nepse mathi
लाेकपाटी न्यूज

काठमाडौं, ६ असार । विगतका केही वर्षदेखि सेयर बजार ओरालो दिशामा छ। २ वर्षअघि १९ खर्ब माथि पुगेको सेयर बजारको पुँजीकरण १३ खर्ब तल झर्‍यो।

बजार लगातार ओरालो लागेपछि सेयर लगानीकर्ताहरु आत्तिए। फलस्वरुप सेयर बजारका विषयमा गलत नीति लिएको आरोपमा अर्थमन्त्रीको राजीनामा माग गर्नेसम्मका कार्यक्रम भए। लगानीकर्ताहरु आमरण अनसन बसे। आन्दोलनले बजार बढ्ने वा घट्ने त होइन।

तर, बजार विस्तार र केही नीति तथा प्रविधिमा सुधार भए बजार बढ्ने लगानीकर्ताहरुको अपेक्षा थियो। लगानीकर्ताहरुको आन्दोलन चर्किरहँदा पनि बजार ओरालै दिशामा थियो।नेपाल स्टक एक्सचेञ्जले भित्र्याएको बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीले बजारमा निकै सुधार हुने विश्वासमा रहेका लगानीकर्ताहरु अनलाइन कारोबार शुरु भएपछि पनि खुसी हुन सकेका छैनन्।

अनलाइन कारोबार शुरु भएकै भोलिपल्टदेखि समेत बजार ओरालो लाग्न शुरु गरेको थियो। यद्यपि, पछिल्लो समय भने सेयर बजार सकारात्मक दिशामा अघि बढेको छ। आगामी आर्थिक वर्ष २०७६र७७ को बजेट सेयर बजारका लगानीकर्ताका लागि केही राम्रा व्यवस्थाहरु भए। बजेटपछि पनि बजार अपेक्षाकृत सुधार त हुन सकेको छैन, तर चालु आर्थिक वर्षको सुरुवातदेखि हालसम्मको तुलना गर्ने हो भने सकारात्मक देखिएको छ।

अहिले लगानीकर्ताहरुले कति कमाए वा गुमाए ? सेयर बजारको अवस्था के छ ? यही विषयमा चालु आर्थिक वर्ष ९साउन प्रारम्भदेखि० ५ असार २०७६ सम्मको तथ्यांकका बारेमा यहाँ चर्चा गरिदैछ। नेप्से परिसूचक यति अंकले गिरावट आयो, सुध्रियन सेयर बजार, राताम्मे सेयर, लगायतका थुप्रै समाचारहरु केही वर्षदेखि निरन्तर प्रकाशन भइरहेका छन्। किनकी एक दिन बढे दुई दिन बजार घट्ने गरेको थियो।

तर, पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको पहिलो दिनदेखि हालसम्म (असार ५ गतेसम्म० बजार सुधारको दिशामा दखिन्छ। किनभने सेयर कारोबार मापक नेप्से परिसूचक करिब ५२ अंकले बढेको छ।साताको अन्तिम कारोबार असार ५ गते बिहीबार करिब ६ अंकले सुधार आएको थियो। चालु आर्थिक वर्षको असार मसान्तसम्म सेयर बजार ५१.९६ अंकले सुधार भएको छ। २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा रहेको नेप्से परिसूचक ५१.९६ अंकले बढेर २०७६ असार ५ सम्म आइपुग्दा १२६४.३६ अंकमा आइपुगेको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७६ बैशाख मसान्तमा २०९ रहेको छ। सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २८ वटा जलविद्युत कम्पनी, ४र४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।

नेप्से परिसूचकमात्रै होइन यस अवधिमा सेयर बजारका लगानीकर्ताहरुको पुँजीसमेत बढेको छ। ११ महिनाभन्दा ५ दिन बढीको अवधिमा सेयर बजारको बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँ बढेको हो।चालु आर्थिक वर्षको पहिलो दिन साउन १ गते सेयर बजारको बजार पुँजीकरण १४ खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ थियो। वर्षको असार ५ गतेसम्म आइपुग्दा बजार पुँजीकरण १ खर्ब ३७ अर्ब ८९ करोड रुपैयाँले बढेर १५ खर्ब ७३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिको बजार पूँजीकरणको आर्थिक वर्ष २०७५र७६ को कुल गाह्रस्थ उत्पादनसँगको अनुपात करिब ४७ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अनुपात ५१.८ प्रतिशत थियो। स्टक एक्सचेन्जमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७६ जेठ मसान्तमा ४१६ अर्ब रुपैयाँ बढी पुगेको छ। आर्थिक वर्ष २०७५र७६ को दश महिनामा २४ अर्ब ७५ करोड बराबरको साधारण शेयर ९ अर्ब २२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, २० अर्ब २४ करोड बराबरको बोनस शेयर र ७५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका थिए।

गत आर्थिक वर्ष सेयर बजारका लागि त्यति फलदायी बन्न सकेको थिएन। नेप्से परिसूचक वार्षिक विन्दुगत आधारमा २३.४ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १२१२.४ विन्दुमा सीमित भएको थियो। २०७४ असार मसान्तमा उक्त सूचकांक ७।९ प्रतिशतले ह्रास भई १५८२.७ विन्दु कायम भएको थियो।

यसैगरी सेयर बजारको बजार पुँजीकरण वार्षिक विन्दुगत आधारमा २२.७ प्रतिशतले ह्रास भई २०७५ असार मसान्तमा १४ खर्ब ३५ अर्ब १४ करोड कायम भएको थियो। बजार पुँजीकरण २०७४ असार मसान्तमा १.८ प्रतिशतले ह्रास भएको थियो।

२०७५ असारमा कुल शेयर कारोबार रकम २०७४ असारको तुलनामा ४६.२ प्रतिशतले ह्रास भई ६ अर्ब ६३ करोड कायम भएको थियो भने यस्तो कारोबार रकम २०७४ असारमा ६१ प्रतिशतले ह्रास भइ १२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्