मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनेछ। भूमिबाट लाभ रहला। साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्नेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ। आँको काम पुरा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सहकर्मीबाट विरोध आउला। लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धी हातपार्न नसकिएला। नियमित खर्चसमेत बढ्ने योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय र टाढाको यात्रा फलदायी हुँदैन। आकस्मिक धन लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। लक्ष्मी प्रसन्न हुने योगछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। प्रेम सम्बन्ध कसिलो हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रामा मालसामान हराउन सक्छ। स्वास्थ्यमा खर्च बढ्नेछ। सानो तिना समस्यामा अल्झिनुपर्नेछ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ काम सुरु गर्ने समय छ। सङ्कल्प सिद्घ हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) अरुलाई प्रभावित पारेर काम बन्नेछ। रोकिएको धन हात पर्ला। न्यायिक कार्यमा सफलता मिल्नेछ। व्यापारमा मनग्ये धनलाभ हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ। घरमा अतिथीको आगमन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामान हराउने वा चोरी हुने सम्भावना छ। स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ। साझेदारी काममा उल्झन आउनेछ। बन्न लागेको काम विग्रिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभदायक यात्रा होला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आर्थिक कारोवारमा सफलता पाइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।



लाेकपाटी न्यूज
